बोहरा मेडिको सेन्टर

पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गरेर देखाउन लिङदेनको सरकारलाई चुनौती

dream cafe
learnar

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।

शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन्।

CNA
GBL NEW

उनले आफूले चुनाव जित्ने बहानाले मात्रै राजाको नाम नलिएको भन्दै राजसंस्था देशको आवश्यकता भएको बताए।

उनले तीनकुनेको घटनाका बारेमा पूर्वराजाको नाम जोडिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसबारेमा आफ्नो कुनै टिप्पणी नभएको बताए। राजालाई कुनै पनि विवादमा तान्नु नहुने उनको भनाइ छ।

उनले भने, ‘राजाको नाम लिएपछि चुनाव जित्न सजिलो हुन्छ भनेर राजा चाहिन्छ भनेको होइन। त्यसकारणले राजा जसले बोके पनि हुन्छ, जसले ल्याए पनि हुन्छ भनेर हामीले बारम्बार भनिरहेका छौँ। हामीले कुनै व्यक्तिगत फाइदा र व्यक्तित्व विकासको प्रयोजनका लागि राजसंस्था चाहिन्छ भनेको होइन। त्यसकारण मलाई कुनै टिप्पणी गर्नु छैन र राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि प्रष्ट छु। राजालाई एरेस्ट गरेर देखाउनु, अनि शक्ति हामी देखाउछौँ।’

Ddl dental
Leave A Reply

Your email address will not be published.