राजावादीले क्षति पुर्‍याएको क्षेत्रको अनुगमन गर्न जाँदै गृहमन्त्री लेखक

dream cafe
learnar

काठमाडौं : गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले तोडफोड र आगजनी गरेर क्षति पुर्‍याएको क्षेत्रको अनुगमन गर्ने भएका छन्।

गृहमन्त्री लेखक बिहान ९ बजे पूर्वराजा शाहका सर्मथकहरूले तोडफोड र आगजनी गरेर क्षति पुर्‍याएका क्षेत्रको अनुगमनका लागि निस्किने उनको सचिवालयले जनाएको छ।

बोहरा मेडिको सेन्टर

शुक्रबार तीनकुनेमा पूर्वराजाका समर्थकहरूको प्रदर्शनका क्रममा आगलागी र तोडफोडबाट ठूलो क्षति भएको अनुमान गरिएको छ।

GBL NEW

पूर्वराजाका समर्थकहरूले निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड गरेका थिए।

राजावादीहरूको प्रदर्शनका क्रममा कीर्तिपुर–४ का सविन महर्जन र पत्रकार सुरेज रजकको मृत्यु भएको थियो।

प्रदर्शनका क्रममा झडप हुँदा ५३ जना जनपद प्रहरी, २२ जना सशस्त्र प्रहरी बल र ३५ जना प्रदर्शनकारी घाइते भएका थिए। प्रदर्शनकारीहरूले सरकारी र निजी गरी १५ वटा सवारी साधनमा आगजनी गरेका थिए।

प्रदर्शनकारीहरूले विभिन्न १४ स्थानमा आगजनी, ९ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट गरेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.