राजावादीहरूले प्रेसलाई आतंकित पार्ने काम गरे : महासंघ

dream cafe
learnar

काठमाडौं: नेपाल पत्रकार महासंघले शान्तिपूर्ण प्रदर्शनको नाममा राजावादीहरूले प्रेसलाई आतंकित पार्ने काम गरेको टिप्पणी गरेको छ।

महासंघले शुक्रबार एक विज्ञप्ति जारी गरेर राजावादीहरूको अराजक समूहले विभिन्न क्रियाकलाप गरेर सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको बताएको हो।

राजावादीहरूको प्रदर्शनले एक पत्रकारको जलेर मृत्यु भएको, विभिन्न सञ्चारगृहमा आगो लगाउने काम भएको, हुलहुज्जत भएको र सञ्चारमाध्यमहरूको तोडफोड भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

अजयमेरु फाैजी केरा

महासंघले विज्ञप्तिमार्फत पत्रकार सुरेश रजकको मृत्यु भएको, कान्तिपुर टेलिभजनमा ढुंगामुढा गरिएको, अन्तपूर्ण पोष्टको भवनमा तोडफोड गरेर आतंक सिर्जना भएको जनाएको हो।

त्यसक्रममा हिमालयन टेलिभिजनको सवारीसाधनमा पनि तोडफोड भएको छ।

यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्न माग गर्दै महासंघले आगामी दिनमा पनि यस्ता क्रियाकलाप दोहोरिए विरोधमा उत्रिने चेतावनी दिएको छ।

महासंघले भनेको छ, ‘महासंघ यो घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गर्दछ।’

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.