बोहरा मेडिको सेन्टर

अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन सरकारको अपिल

dream cafe
learnar

काठमाडौं : सरकारले अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ।

गृह मन्त्रालयद्वारा आज बिहीबार साँझ जारी प्रेस विज्ञप्तिमा कानुनको उल्लंघन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ।

CNA
GBL NEW

पूर्वराजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा संविधानप्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रता तथा विनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीजस्ता अमानवीय एवं अमर्यादित घटना गैरकानुनी तथा घोर भर्त्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ।

यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने–गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने सरकारले स्पष्ट पारेको छ।

संविधानले सबै वर्ग, जाति, भाषा, लिंग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्गप्रशस्त गरेको उल्लेख गर्दै मन्त्रालयले शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक गतिविधिबाट कोही कसैको भलाइ नहुने स्पष्ट गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.