दुर्गा प्रसाईं फरार, पक्राउ गर्न खोज्दै प्रहरी

Alital gaupalika
Jaladhar

काठमाडौं :  राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ ।

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गर्न लगाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क गाडी चढेर भागेका थिए ।

Ghatal Sta

नेपाल प्रहरीका एकजना उच्च अधिकारीका अनुसार अहिले प्रहरीको टोली उनको घर भक्तपुर पुगिसकेको छ ।

‘माथिबाट आदेश आएको छ । हामी खोजीमा छौँ’ प्रहरीका ती अधिकारीले भने, ‘गृह मन्त्रालयले नै उहाँको गतिविधि ठिक भएन भनेर आदेश दिएको छ ।’

प्रसाईं अहिले कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन । शुक्रबार राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको छ ।

गृह मन्त्रालयमा सहसचिव छवि रिजालले पनि पत्रकार सम्मेलन गरेर दुर्गाको गतिविधि क्षमा दिनलायक नभएको बताएका थिए ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.