नेकपा एसको केन्द्रीय कार्यालयपछि अन्नपूर्ण पोष्टमा पनि राजावादीको आगजनी

dream cafe
learnar

काठमाडौं : राजावादीहरूको प्रदर्शन झन् झन् उग्र बन्दै जाँदा सार्वजनिक भवनमा आगजनी गर्न थालेका छन्।

उनीहरूले बागमती तरेर एकीकृत समाजवादीको कार्यालयमा पनि धावा बोलेका छन्।

बोहरा मेडिको सेन्टर

राजावादीका नाममा अराजकहरूको एउटा समूहले एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा ढुंगामुढापछि कागजपत्र जलाएर आगजनी गरेका छन्।

अहिले समाजवादीको कार्यालयमा आगो लगाइएको छ। अराजक युवाहरूको समूहले समाजवादीको कार्यालयभित्रै छिरेर आगो लगाइदिएका हुन् ।

GBL NEW

यस पहिले ढुंगामुढा बर्साउँदा समाजवादीको कार्यालयका शिशा सबैजसो फुटेका थिए।

अराजक समूहले समाजवादीको कार्यालयका कागजपत्र बाहिर निकालेर जलाइसकेकपछि भवनमा पनि आगो लगाएका हुन्।

राजावादीले अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी गरेका छन्।

तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि राजावादीले नजिकै रहेको दैनिकको कार्यालयमा आगो लगाएका हुन्।

अन्नपूर्ण पोस्ट दैनिकका पत्रकार राधा खनालले राजावादी समूहले कार्यालय रहेको भवनको तल्लो तलामा आगो लगाएको जानकारी दिइन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.