गणतन्त्रवादी र राजावादीको एकसाथ प्रदर्शन, बिहानैबाट सवारी डाइभर्सन सुरु

dream cafe
learnar

काठमाडौं : काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन्। जसकारण आज बिहानैबाट सवारी डाइभर्सन सुरु भएको छ।

काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू प्रदर्शन गर्दा हुने सवारी जामलाई लक्षित गर्दै बिहानैबाट सवारी डाइभर्सन सुरु भएको हो।

सवारी डाइभर्सनका कारण कार्यालय जाने कर्मचारीहरू विशेषेगरी प्रभावित भएका छन्।

अजयमेरु फाैजी केरा

बिहानैदेखि सवारी जाम हुनसक्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइएको बताइएको छ।

ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज भइसकेको छ।

एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमनमा समस्या देखिसकेको छ।

नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन्।

भृकुटीमण्डपमा ११ बजेदेखि र तीनकुनेमा १ बजेदेखि प्रदर्शन हुने तय भएको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.