
धनगढी: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने भएको छ।
सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने नारा सहित प्रदेश अधिवेशन चैत १७ र १८ गते धनगढीमा गर्ने बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए।
उनले अधिवेशनका लागि ९ वटै जिल्लामा प्रतिनिधि छनोट गरिसकेको बताए। उनका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि मुल आयोजक कमिटी संगै विभिन्न समिति गठन गरिएका छन।
सुदूरपश्चिम प्रदेशमा १७ हजार ६ सय ७९ जना संगठित सदस्य रहेको एकीकृत समाजवादीको प्रथम प्रदेश अधिवेशनमा झण्डै ५ सय जना सहभागी रहने अध्यक्ष सिंहले जानकारी दिए।

अधिवेशनबाट प्रदेशका ९ वटै जिल्लाका जनसंगठन र आयोजक गरी ५ सय भन्दा बढी प्रतिनिधि छनौट गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुषाललगायत पदाधिकारीको सहभागिता रहने जानकारी दिए। उनले देशमा सुशासनको समस्या रहेको बताए।
उपाध्यक्ष जोशीले देशमा धेरै निरासाको अवस्था नरहेको बताउँदै तर पनि देशमा निराशा देखिरहेको उल्लेख गरे।
पूर्वमन्त्री समेत रहेका जोशीले अब राजनीतिक दलले नारामात्र दिएर नहुने कार्यक्रम नै दिनुपर्ने बताए।
उनले आलोचना गरेर मात्र नहुने सत्ता पक्ष र विपक्षी सबैले सहकार्य गरेर देश व्यापी अभियान संचालन गर्न आवश्यक रहेको बताए।
