डोट्यालले भोट हालेन् : पूर्वमन्त्री बोहरा

dream cafe
learnar

डडेल्धुराः नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले प्रदेश सभाको निर्वाचनमा आफूलाई डोट्यालले भोट नहालेको आरोप लगाएका छन्। शनिबार किसान शहीद भीमदत्त पन्तको जन्मथलोमा ई–लाइब्रेरीको उद्घाटन कार्यक्रममा बोल्दै बोहराले उक्त प्रतिक्रिया दिएका हुन्।

उनले आफूलाई अमरगढी नगरपालिकाका दुई र तीन नम्बर वडाबाट भोट नहालेको आरोप समेत लगाए।

Ird

‘बजेट सबैभन्दा धेरै यतै हाले। तर, केही छैन् हारेपनि जितेपनि। म काम गर्ने मान्छे हुँ,’ उनले भने, ‘मलाई केही घाटा भएको छैन्। यत्ति मात्रै होकी म मन्त्री हुन्थे, मूख्यमन्त्री हुन्थे। पाँच वर्षमा डडेल्धुरामा उठाउन नसक्ने पैसा ल्याइदिन्थे।’

HARDIK AGRo NEw

बोहराले आफू धनगढी, डडेल्धुरा, काठमाडौं गरेर जीवन विताए पनि जिल्लालाई ठूलो घाटा लागेको जिकीर गरे। सुदूरपश्चिमका ९ वटा जिल्ला मध्ये सबैभन्दा कम बजेट आएको जिल्ला डडेल्धुरा भएको उनको भनाइ छ।

पार्टी आफ्नो ठाउँमा रहेको बताउँदै उनले भने, ‘गन्यापधुरा, नवदुर्गा, अजयमेरुको मान्छेले मलाई भोट हाल्यो। यो नगरपालिकाले हालेन्। त्यसमा यी दुई वटा वडा डोट्याल भन्हान् इन डोट्यालले झन् भोट हालेन्।’

त्यसैमा थप्दै उनले भने, ‘क्याकी हालेन् मेरो केही गल्ती भए माफ गर्नूहोला। बजेट ज्यादा हाल्या हुनाले हो कि? मलाई भन्न त भन्या हो, तपाईं यति बजेट हाल्दै हुनुहुन्छ, चुनाव हार्नुहुन्छ।’

उनले आफूलाई सहयोग गर्नेप्रति आभार व्यक्त गरे। आगामी दिनमा आफू मात्र नभएर विकास गर्ने आफ्नो मान्छेलाई अरूको लहलहैमा लागेर पछाडि बाट हान्ने काम नगर्न अनुरोध गरे।

‘काम गर्ने मान्छेले नमस्ते गरेन्, मुख बोलेन्, उसले काम गरेन्, यो गरेन् भनेर मान्छेलाई यो समाजले चुनाव हराउने काम नगरोस्’, उनले भने।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.