क्षयरोगबाट बैतडीमा १३ जनाले गुमाए ज्यान

dream cafe
learnar

बैतडी: क्षयरोगका कारण बैतडीमा १३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बैतडीमा गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरी १३ जनाको मृत्यु भएको हो।

बोहरा मेडिको सेन्टर

यो वर्ष चार जना थप क्षयरोगी पत्ता लागेसँगै जिल्लामा बिरामीको सङ्ख्या १०२ जना पुगेको छ।

GBL NEW

९८ जना पुराना र यो वर्ष थप चार जना गरि १०२ जनाको क्षयरोगीको नियमित उपचार भइरहेको छ।

‘खोकी न सोकी क्षयरोग पो हो कि?’ भन्दै स्वास्थ्यकर्मीको टोली क्षयरोग पत्ता लगाउन गाउँगाउँ पुग्न थालेका छन्।

सामुदायमा क्षयरोगका बिरामी भएपनि आफैँ उपचारमा नआँउदा क्षयरोगी पत्ता लगाउनु टोली परिचालन गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको उजले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.