सिरहामा सीडीओपछि एसपी पनि हेडक्वार्टर तानिए, के छ भित्री कारण?

dream cafe
learnar

काठमाडौं : सिरहाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डित हेडक्वार्टर तानिएका छन्।

उनीविरुद्ध उजुरी छानबिन शाखामा उजुरी परेपछि उनलाई हेडक्वार्टर तानिएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

यद्यपि किन तानिए भन्नेबारे स्पष्ट खुल्न सकेको छैन् । उनको स्थानमा पोखरा गणमा कार्यरत एसपी अनन्तराम शर्मालाई पठाइएको छ।

यसअघि सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई पनि गृह मन्त्रालय तानिएको थियो।

महायज्ञ गर्नका लागि औरही गाउँपालिका ५ मा दीपक मलिकको घरमा डोजर लगाएर भत्काइएको घटना सार्वजनिक भएपछि विवाद भएको थियो।

सोही विषयमा उनीहरूमाथि छानबिन भइरहेको बताइएको छ। सो घटनामा गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परिसकेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.