अछाममा जलेको अवस्थामा किशोरीको शव फेला

dream cafe
learnar

अछाम : बिजुलीको करेन्टबाट जलेर एक किशोरीको मृत्यु भएको छ।

बाख्रा चराउने क्रममा करेन्ट लाग्दा बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको चन्डालीका १८ वर्षीया सुनिता कडायतको जलेर मृत्यु भएको हो।

Bohora madico
HARDIK AGRo NEw

बाख्रा चराएर बेलुकी घर फर्कन लाग्दा बिजुलीको तार चुँडिएर फलामको खम्बामा विद्युत प्रवाह भएकाले करेन्ट लागेर घटनास्थलमै मडायतको मृत्यु भएको अछाम प्रहरीका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए।

घरबाट करिब आठ सय मिटर टाढा रहेको खरबारीमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर सोमबार राति करिब ७ बजेतिर जलेको अवस्थामा कडायतको शव फेला परेको बताइएको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.