अछाममा जातीय विभेदको आरोपमा दुईजना पक्राउ

dream cafe
learnar

अछाम : अछामबाट जातीय विभेदको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पञ्चदेवल विनायक नगरपालिका-४ का रमेशबहादुर शाही र देवेन्द्र शाहीलाई स्थानीय दिनेश नेपालीको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।

बोहरा मेडिको सेन्टर

समातिएकाहरूलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप भएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

GBL NEW

निवेदक नेपालीले आफूमाथि पक्राउ परेकाहरू र स्थानीय बखत शाहीलगायतले दलित भएकै कारण हातपात र दुर्व्यवहार गरेको आरोप लगाएका थिए।

नेपालीका अनुसार उनी अछाम जिल्ला अदालतमा चलिरहेको एउटा मुद्दामा साक्षी बसेका थिए। आरोपितले दलितले साक्षी बस्न नपाउने भनी धम्की दिँदै आएका छन्।

ज्यान मुद्दाका साक्षी दिनेशलाई आरोपितले अछाम जिल्ला अदालत परिसरमा हातपात गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ।

बखत शाही, गणेश शाहीलगायतलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितको गुनासो छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.