सुदूरपश्चिमकै प्रसिद्ध धार्मीक शक्तिपीठ घटाल थानमा वृक्षारोपण

dream cafe
learnar

डडेल्धुराः सनराइज बैंक लिमिटेड डडेल्धुरा शाखाले सुदूरपश्चिमकै प्रसिद्ध धार्मीक शक्तिपीठ घटाल थानमा वृक्षारोपण गरेको छ।

बैंकले शनिबार जिल्लाको अमरगढी नगरपालिका–३ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल घटालथानमा वृक्षारोपण गरेको हो।

GBL NEW

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत वृक्षारोपण गरेको बैंकका शाखा प्रबन्धक गणेशसिंह साउदले जानकारी दिए।

उनकाअनुसार वृक्षारोपणमा श्रीखण्ड, रक्त चन्दन, रुद्राक्ष, तिमुर, ओखर, कागती, सुन्तला, अमिलो, बाँस तथा विभिन्न प्रजातिका फूलहरू रोपण गरिएको हो।

वृक्षारोपणमा अमरगढी नगरपालिका–३ का वडाअध्यक्ष तीर्थ बहादूर ऐर, घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहरालगायत बैंकका कर्मचारीको सहभागीता रहेको थियो।

जिल्लामा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत यस अघि घटाल मन्दिरमा लाग्ने बिशु जाँत (मेला)मा शुद्ध खानेपानी वितरण, प्रहरी विट हस्तान्तरण, बिभिन्न विद्यालयमा शुद्ध खानेपानी मेसिन हस्तान्तरण तथा आलु खेती सम्बन्धी तालिम समेत दिएको थियो।

साथै बैंकले आगामी दिनहरूमा पनि यस्ता किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर रूपमा आयोजना गर्ने शाखाले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.