जहाँ विद्यार्थी पढ्छन् खुला चौरमा

dream cafe
learnar

डोटी : जिल्लाको पुर्विचौकी गाउँपालिका ५ मा रहेको नव प्रभात आधारभूत विद्यालयमा विद्यार्थीहरु लामो समयदेखि खुला चौरमा पढदै आएका छन्।

विद्यालयमा कक्षा कोठाको अभाव भएपछि विद्यार्थीलाई नजिकै रहेको मालिका मन्दिरको प्रागणमा अध्यापन गराउनु परेको विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले जानकारी दिए।

बोहरा मेडिको सेन्टर
GBL NEW

२०४५ सालमा स्थापना भएपनि हालसम्म विद्यालयमा आवश्यकता अनुसार भवन नभएको जोशीले बताए।

९२ विद्यार्थी संख्या रहेकोे उक्त विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म पढाइहुने गरेको छ।

२०७९ साल कार्तिक २३ गते आएको भूकम्पले भवनमा क्षति गरेको छ जाडोको मौममा खुला आकासमा धेरै चिसो हुन्छ, वर्षाको समयमा कोठामा पानी भरिएर बस्नै नसक्ने अवस्था बन्दै आएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.