गेटा अस्पतालको जिम्मेवारी यादवको काँधमा

dream cafe
learnar

धनगढीः कैलालीको धनगढीस्थित गेटा अस्पतालको निर्देशकमा डा प्रमोद यादव नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै डा यादवलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

डा यादव सर्जन हुन्। यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १०औं तहमा कार्यरत छन्।

उनले यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट भएका थिए।

गेटामा यसअघि डा अशोक श्रीपाइली निर्देशक थिए। तर उनले गत माघ ६ गते नै पदबाट राजीनामा दिएका थिए।

डा श्रीपाइलीले तीन महिनामा नै निर्देशकबाट राजीनामा दिएका थिए। त्यसयता गेटामा निर्देशक पद खाली थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.