प्रहरीमा एआईजीका लागि तीब्र लबिङ, प्रदेश ट्वाइसीको भरमा

dream cafe
learnar

काठमाडौं : नेपाल प्रहरीमा यतीबेला तीन प्रदेश प्रहरी कार्यालय नेतृत्वविहीन छन्।

डीआईजी रहेका अन्य चार प्रदेश पनि निमित्तकै भरमा चलेका छन्।

Ird

कारण, चारै डीआईजी एआईजी बढुवाका लागि बिदामा बसेर शक्तिकेन्द्र धाइरहेका छन्।

कोशी प्रदेशका डीआईजी राजन अधिकारी, मधेस प्रदेशका लालमणि आचार्य, बागमती प्रदेशका कृष्णहरी शर्मा तथा लुम्बिनीका डीआईजी दानबहादुर कार्की बिदामा बसेर यतीबेला नेता र बिचौलियाको घर धाइरहेका छन्।

हाल नेपाल प्रहरीमा एआईजीका ६ पद रिक्त छन्।

नयाँ आईजीपीको स्वागतको बहानामा प्रदेशका डीआईजीहरु काठमाडौंमा भेला भएर बढुवाको शक्तिसंघर्षमा लागेका छन्।

जसकारण प्रदेशको सुरक्षा झनै खस्किएको छ। बाँकी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश एसएसपीको कमाण्डमा चलेका छन्।

नेपाल प्रहरीमा ६ एआईजी पदको बढुवाका लागि १६ जना डीआईजीबीच प्रतिस्पर्धा छ।

सिनियर टोलीबाट चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा प्रतिस्पर्धामा छन्।

HARDIK AGRo NEw

खापुङ कोशी प्रदेशको प्रहरी प्रमुखका रुपमा काम गर्दा आईजीपीले हटाउन भनेका घुमुवालाई गोप्य रुपमा खटाएर पैसा असुलेको भन्दै स्पष्टीकरण सोधिएको थियो।

उनी दरबारमार्ग वृत्तमा हुँदा समेत डनहरुसँग मिलेको आरोपमा कारबाहीमा परेका थिए।

कार्यक्षमतामा अत्यन्तै कमजोर तथा विभिन्न काण्डै काण्डले गर्दा संगठनभित्र बदनाम बनेका डीआईजी शर्मा र आचार्यको जागिर अवधि पनि कम रहेका कारण उनीहरुलाई बढुवा दिन नहुने आवाज समेत उठेको छ।

त्यसपछि दानबहादुर कार्की, डा.मनोज केसी र राजन अधिकारी रहेका छन्। उनीहरुलाई रवि लामिछाने गृहमन्त्री हुँदा बढुवा गरिएको थियो।

लामिछानेको समयमा छुटेर पछि बढुवा भएका शिद्धिबिक्रम शाह, उमा चतुर्वेदी, सुशीलसिंह राठौर, डम्बर विक, हिमालय श्रेष्ठ, दिनेश आचार्य, ईश्वर कार्की, राजेन्द्र भट्ट, अरुण पौडेल र गोविन्द थपलिया पनि अहिले प्रतिस्पर्धामा छन्।

अहिलेको एआईजी बढुवाले नै भावी आईजीपी तय गर्ने भएकाले बढुवामा अस्वस्थ चलखेल देखिएको हो।

राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएको टोली आईजीपी भएर पनि प्रहरीमा भर्ना भएको ब्याच एक वर्ष धेरै आईजीपी हुने भएकाले यसपटक गुप्तचर टोली बढुवामा अघि आउने सम्भावना छ।

तर, टक्कर तिव्र भएकाले बढुवा लम्बिने सम्भावना देखिएको स्रोत बताउँछ।

यद्यपी नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले भने आफुले रिक्त पदमा निष्पक्ष मूल्याङकनका कारण छिट्टै बढुवा गर्ने बताएका छन् ।

एआईजी बढुवामा जस्तै डीआईजी बढुवामा पनि दौडधुप सुरु भइसकेको छ।

डीआईजीका १० पद रिक्त हुने भएकाले यसअघि बढुवामा छुटेकासँगै जुनियर ब्याचका विश्व अधिकारी, सानुराम भट्टराई, भूपेन्द्र खत्री, ओम अधिकारीमध्येबाट पनि बढुवा हुने सम्भावना छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.