कर्णाली नदीमा बगाएको गाईले पायो न्याय

dream cafe
learnar

बाजुरा: बाजुराको जगनाथ गाउँपालिका–६, काप्रेगोत्रीका स्थानीयले कर्णाली नदीमा बगाएको गाईले न्याय पाएको छ।

गत चैत २ गते साउने सार्कीको मृत्यु भएपछि उनको मृत आत्माले शान्ति पाउँछ भनेर यहाँका स्थानीयले एउटा जिउँदो गाई कर्णाली नदीमा बगाएका थिए।

बोहरा मेडिको सेन्टर

यसरी कर्णाली नदीमा बग्दै गरेको गार्ईको तस्बिरको सामाजिक सञ्जालमा चर्चा भएपछि प्रहरीले त्यो गाईलाई ३ गते उद्धार गरेको थियो।

GBL NEW

अहिले कर्णाली नदीमा फालिएको गाई खोजेर यहाँकै स्थानीय प्रजन सार्कीलाई पाल्ने जिम्मा दिइएको प्रहरीले जनाएको छ।

एक अबोध पशुलाई निर्मम कुटपिट गरेर कर्णाली नदीमा बगाउने कार्य गर्नेलाई प्रहरीले कारबाहीसमेत गर्ने भनिएको छ।

कर्णाली नदीमा गाई बगाउने सबैको अहिले पहिचान भएको छ।

अहिले उनीहरू मृतक साउने सार्कीको किरियामा रहेकाले केही दिनपछि तिनलाई समातेर जिल्लामा ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.