डोटीको केदारसूर्य बहुमुखी क्याम्पसमा क्रान्तिकारीकि बोहरा विजयी

dream cafe
learnar

डोटी : डोटीको केदारसूर्य बहुमुखी क्याम्प बीपीनगरको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की यशोदा बोहरा विजयी भएकी छन्।

अखिल (क्रान्तिकारी) र अनेरास्ववियुको तर्फबाट उम्मेदवार रहेकी बोहराले नेपाल विद्यार्थी संघकी रमिता बोहरालाई पराजित गरेकी हुन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

यशोदाले ४६ मत ल्याइन भने रमिताले ३७ मत प्राप्त गरेकी हुन्। यस्तै सचिवमा अनेरास्ववियुका विक्रम साउँद निर्वाचित भएका छन्।

सचिव पदका लागि साउँद र नेविसंघका भक्त पातलीले समान ४२ मत प्राप्त गरेका थिए।

गोलाप्रथाबाट साउद चुनिएका हुन्। कोषाध्यक्षमा नेविसंघकी हिरा मन्नी निर्वाचित भएकी छिन्।

उनले अखिल (क्रान्तिकारी) की उमा बोहरालाई पराजित गरेकी हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.