डडेल्धुरा क्याम्पसमा स्ववियु चुनाव, मतदान सुरु

Alital gaupalika
Jaladhar

डडेल्धुरा :  डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि मतदान सुरु भएको छ।

बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। मतदानका लागि विद्यार्थीहरू क्याम्पस प्राङ्गणमा पुग्ने क्रम जारी छ।

Ghatal Sta

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

नेपाली काँग्रेस वीपी निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको छ।

यस पटकको स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.