एमालेमा संगठनका नेता घटाइँदै, मारमा प्रेस चाैतारी

Alital gaupalika
Jaladhar

काठमाडौं : एमालेले आफ्ना जनसंगठनहरूको सांगठनिक स्वरूपलाई फेरबदल गर्ने अन्तरपार्टी निर्देशन पठाएपछि यसको पहिलो मारमा प्रेस चौतारी नेपाल पर्ने भएको छ। १७ सदस्यीय पदाधिकारीलाई घटाएर ९ मा झारिएको छ।

कमिटीमा पदाधिकारी संख्या धेरै भएका कारण समयमा बैठक बस्न नसक्ने, धेरै जना उपाध्यक्ष राख्दा अध्यक्षलाई सघाउनेभन्दा गुटबन्दीतिर ध्यान केन्द्रित गर्ने निश्कर्षसहित एमालेले व्यावसायिक तथा पेशागत संगठनको उपरी नेतृत्वलाई ९ जनामा सीमित गरेको बताइन्छ।

यो निर्देशनका कारण चैत १० देखि १२ गतेसम्म विराटनगरमा हुने महाधिवेशनमा नेतृत्व व्यवस्थापन गर्न गाह्रो पर्ने सम्भावना छ।

पदाधिकारीको संख्या घटाएर चुस्तदुरुस्त संगठन बनाइने एमालेका अन्य जनसंगठनहरूमा अनुसूची २ अन्तर्गत प्रेस चौतारी नेपालसहित राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल बुद्धिजीवी परिषद्, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल भूमिहीन सुकुम्वासी संगठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन, मानवअधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल मुस्लिम इत्तेहाद संगठन र रिटर्नी फेडरेशन रहेका छन्।

तर अनुसूची १ अन्तर्गत तोकिएका अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान संघ, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, अनेरास्ववियु, राष्ट्रिय युवा संघ, उत्पीडित जातीय मुक्ति समाज, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ, राष्ट्रिय उद्योग व्यवसाय संघ र खेलकुद महासंघ गरी जम्मा १० जनसंगठनमा भने आकार घट्ने छैन।

Ghatal Sta

अघिल्लो महाधिवेशनदेखि सिन्धुपाल्चोकका माधव नेपाल चौतारीबाट पाखा लगाइएका थिए।

यसपटक त्योभन्दा बढी एमाले पत्रकारका नेताहरु नेतृत्वबाट वञ्चित हुने भएका छन्। प्रेस चौतारीमा वरिष्ठ उपाध्यक्ष पदको व्यवस्था गरिएको छैन।

यसका कारण वरिष्ठहरूले उपाध्यक्षमै सीमित हुनुपर्ने वा नेतृत्वबाट अलग्गिनुपर्ने अवस्था छ। ४ जना उपाध्यक्ष रहँदै आएकोमा यसपटकदेखि एक महिला र एक खुल्ला गरी दुई जनामात्रै राखिएको छ।

राजेश राई दौडमा अगाडि देखिएका छन् भने पार्टी प्रचार विभागका नवनियुक्त सचिव गणेश पाण्डेले पनि फेसबुक स्टाटसमार्फत् आफू अध्यक्षको दौडबाट पछि नहटेको जनाउ दिएका छन्।

महाधिवेशनबाट निर्वाचित हुने ९९ सदस्यीय कमिटीका कारण मौजुदा १५१ बाट ५२ जना बाहिरिनुपर्ने देखिएको छ। अर्कोतर्फ समाजवादी प्रेस संगठन छाडेर आएकाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने समस्या पनि देखिएको छ।

यसै विषयलाई लिएर एमाले महासचिव शंकर पोखरेलसँग विश्वमणि सुवेदी, रामकुमार एलनलगायतको टोलीले गत शुक्रबार भेटघाट गरेको बताइन्छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.