प्रहरीको आईजीमा थापा !

dream cafe
learnar

डडेल्धुरा  : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ।

अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने पक्का भएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

उच्च सरकारी स्रोतका अनुसार, रातभरिमा कुनै नाटकीय परिवर्तन नभए थापा नेपाल प्रहरीको नेतृत्वमा पुग्ने निश्चित भएको छ।

महानिरीक्षक वसन्त बहादुर कुँवर अवकाशमा जाने भएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त हुँदैछ।

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्न लागेको स्रोत बताउँछ।

थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि महानिरीक्षकको प्रतिस्पर्धामा छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.