परशुराम -९ मा क्षयरोग पहिचानका लागि घरदैलो खोजपड्ताल अभियान सुरु

dream cafe
learnar

डडेल्धुरा : परशुराम नगरपालिका स्वास्थ्य शाखा, जोगबुढाको आयोजनामा क्षयरोग (टीभी) पहिचानका लागि वडा नं. ९ मा घरदैलो खोजपड्ताल अभियान सुरु गरिएको छ।

अभियानअन्तर्गत आइतबार वडा नं. ०९ गाईवादे स्थित वडा कार्यालयको सभाहलमा महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालालाई अभिमुखीकरण प्रदान गरिएको छ।

Amargadhi Education

स्वास्थ्य शाखा संयोजक हिक्मतबहादुर धामीका अनुसार वडा भित्रका प्रत्येक गाउँमा क्षयरोगका लक्षण देखिएका व्यक्तिहरूको खोजी गरिनेछ।

अजयमेरु फाैजी केरा

उनीहरूलाई अनिवार्य रूपमा खकार परीक्षणका लागि केन्द्रमा ल्याइनेछ।

यस अभियानलाई प्रभावकारी बनाउन राष्ट्रिय क्षयरोग निर्मूल अभियानअन्तर्गत चैत ४ र ५ गते निःशुल्क क्षयरोग पहिचान तथा खकार परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ।

परशुराम नगरपालिकाभित्र हालसम्म २५ जना क्षयरोगी फेला परेका छन्।

तीमध्ये सबैभन्दा धेरै, अर्थात् ६ जना वडा नं. ०९ का रहेका कारण सो वडामा खोजपड्ताल अभियान तीव्र पारिएको धामीले जानकारी दिए।

स्वास्थ्य शाखाले समुदायलाई क्षयरोगको पहिचान, सुरक्षण उपाय तथा उपचार प्रक्रियाबारे सचेत गराउँदै परीक्षणका लागि सम्बन्धित व्यक्तिहरूलाई स्वास्थ्य केन्द्रमा आउन आग्रह गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.