प्रचण्डको फोटोमा आगो लगाउने राजावादी पक्राउ

dream cafe
learnar

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता निराजन बम पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले उनलाई आज बिहान हेटौँडाबाट नियन्त्रणमा लिएको हो।

GBL NEW

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा बमले हिजो मञ्चमै प्रचण्डको तस्वीर जलाएका थिए।

‘यो तस्बिर चिन्नुहुन्छ नि होइन ?’ भन्दै उनले खल्तीबाट लाइटर निकालेर प्रचण्डको तस्वीरमा आगो लगाएका हुन्। उनले कार्यक्रममा सहभागीहरुलाई ‘गणतन्त्र मूर्दावाद’ भन्न लगाएका थिए।

माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीबाट पूर्व राजालाई ‘भाइमारा र मूर्तिचोर’को संज्ञा दिएका थिए।

त्यसबाट रुष्ट भएका राजावादीले आक्रोशस्वरूप प्रचण्डको फोटोमा आगो लगाएका हुन्।

बमको यस्तो कार्यशैलीलाई अराजक गतिविधि भन्दै आमरुपमा समेत आलोचना भैरहँदा उन्लैअ नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.