जाँदाजाँदै बडिगाडलाई इन्चार्ज बनाउने आईजीको काज आदेशमा गृह तगारो

Alital gaupalika
Jaladhar

काठमाडौं : अवकाशपूर्व निकटस्थ अधिकृतलाई काज सरुवाबाट विभिन्न युनिटको इन्चार्ज बनाउने प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको आदेश गृह मन्त्रालयले रद्ध गरेको छ।

शुक्रबार ललितपुरको चापागाउँस्थित प्रहरी बृत्त प्रमुखमा डीएसपी यामकुमार श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा इन्स्पेक्टर सन्तोष न्यौपानेलाई खटाउने गरी आईजी कुँवरले आदेश दिएका थिए।

तर, जिल्ला ट्राफिक दाङको हकमा भएको काज आदेश शुक्रबार राति नै आईजीको आदेशलाई गृहसचिव गोकर्णमणि दवाडीले रोकिदिएका छन्।

प्रहरी प्रधान कार्यालयस्रोतका अनुसार आइतबार रवाना बुझाउने गरी काज आदेशबमोजिमको पत्र बनिसकेको अवस्थामा इन्स्पेक्टर न्यौपानेलाई खटाउने काम रोकिएको हो।

प्रहरी बृत्त, चापागाउँ खटाइएका डीएसपी श्रेष्ठ आईजी कुँवरका निजी सुरक्षा अधिकृत (बडीगार्ड)हुन्।

दाङ ट्राफिक पठाइन चाहेका इन्स्पेक्टर न्यौपाने आईजीपत्नी लक्ष्मी कुँवर अध्यक्ष रहेको नेपाल प्रहरी श्रीमती संघमा कार्यरत थिए।

Ghatal Sta

आईजीले प्रहरीको सरुवा मापदण्डविपरित इन्स्पेक्टर न्यौपानेलाई दाङ पठाउन खोज्दा गृह सचिवले रोकेका हुन्।

उनी भक्तपुरस्थित जिल्ला ट्राफिक कार्यालयको प्रमुखबाट श्रीमती संघमा सरुवा भएको एक वर्ष पूरा भएको थिएन।

मापदण्डमा एक युनिटको इन्चार्जको जिम्मेवारी पाएको कुनै पनि अधिकृतले एक वर्ष नपुग्दै अर्को युनिटको इन्चार्ज हुन नपाउने व्यवस्था छ।

न्यौपाने भक्तपुर ट्राफिकअघि काठमाडौंको बलम्बुस्थित प्रहरी प्रभाग प्रमुखका रुपमा कार्यरत थिए।

गृह सचिवको आदेशमा न्यौपानेको काज सरुवा रोकिएपछि दाङ ट्राफिकमा कार्यरत इन्स्पेक्टर राजेश शाही त्यहीँ रहने भएका छन्।

उनको कार्यकाल अझै २ महिना बाँकी छ। प्रहरी बृत्तका डीएसपी डिलबहादुर मल्ल अपराध अनुसन्धान विद्यालयमा सरुवा भएका छन्।

चापागाउँ प्रहरी बृत्तको प्रमुखका रुपमा उनले एक वर्षे कार्यकाल पूरा गरेका थिए। आईजी कुँवर ३० वर्षे सेवा अवधी पूरा गरेर चैत ४ गते सेवा निवृत्त हुँदैछन्।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.