
डडेल्धुरा : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ घटाइएको छ।
यस्तै, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ४ रूपैयाँले मूल्य घटेको निगमले जनाएको छ।

नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रूपैयाँमा उपलब्ध हुनेछ।
यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रूपैयाँ पर्नेछ।
