पूर्वराजाका ‘भाञ्जा’ सिंह जेल चलान !

dream cafe
learnar

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको भाञ्जाको भेषमा ठग्दै हिँडेको अभियोग लागेका अनुप सिंह कारागार चलान भएका छन्।

ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरले मागेको धरौटी रकम तिर्न नसकेपछि उनलाई थुनामा पठाइएको बताइन्छ।

Bohora madico
HARDIK AGRo NEw

सिंहमाथि आफूलाई पूर्वराजा शाहको भाञ्जाको परिचय दिएर अमेरिका पठाउने प्रलोभनमा विभिन्न व्यक्तिबाट संगठितरुपमा करोडौँ ठगेको आरोप छ।

उक्त मुद्दामा जिल्ला अदालतले आज १२ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसकेकाले सिंह नख्खु कारागार चलान भएका हुन्।

यस प्रकरणमा सिंहसहित पक्राउ परेका सात जनाविरुद्ध मुद्दा चलेकोमा सचिन व्यञ्जनकार ६० हजार, राजकुमार केसी २५ हजार र अधिवक्ता दीपकराज खनाल एक लाख धरौटीमा छुटेका छन्।

ठगीमा संलग्न रहेको आरोप लागेका गोरखाका रामचन्द्र खनाल, गुल्मी घर भएका किरण सिंह कार्की र अभिषेकराज खनाल फरार छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.