होली पर्वमा मर्यादित तरिकाले उल्लास मनाउन डडेल्धुरा प्रशासनको अनुरोध

dream cafe
learnar

डडेल्धुरा : आगामी फागुन २९ र चैत १ गते मनाइने होली पर्वलाई शान्तिपूर्ण एवं मर्यादित रूपमा मनाउन डडेल्धुरा जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

प्रशासनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थानमा जबरजस्ती रंग दल्ने, लोला हान्ने, बाटो बुकेर यात्रुहरूलाई अवरोध गर्ने, सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याउने जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

विज्ञप्तिमा उल्लिखित छ कि यस्ता अवाञ्छित गतिविधिहरू कानूनविपरीत हुने र दोषीहरूलाई कानूनी कारबाही गरिनेछ।

जिल्ला प्रशासन प्रमुख चोमेन्द्र न्यौपानेले होली पर्वको उल्लास शान्तिपूर्ण वातावरणमा मनाउन सबैलाई आग्रह गर्दै समाजमा अशान्ति फैलाउने कार्यहरू नगर्न सचेत गराएका छन्। साथै, पर्वको अवसरमा अमनचयन कायम राख्न सुरक्षाकर्मीहरू परिचालित गरिने जनाइएको छ।

सम्बन्धित अधिकारीहरूले यदि कसैले नियम उल्लंघन गरेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.