डडेल्धुरा, नेपाल पत्रकार महासंघ डडेल्धुराले ६७ औं स्थापना दिवस मनाएको छ । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवश बुधबार डडेल्धुरा शाखाले जिल्ला स्थित पत्रकारहरूको आँखा जाँच गरी दिवस मनाएको हो ।
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको आयोजना सम्पन्न कार्यक्रममा डडेल्धुरा जिल्लाका २४ जना क्रियासिल पत्रकारहरूले आँखा जाँच गर्नुभएको हो । महासंघले आफ्नैं भवनमा आँखा जाँच तथा उपचारको आयोजना गरिएको थियो । आँखा चाँज गरिएका २४ जना पत्रकार मध्ये ७ जनाले चस्मा लगाउनुपर्ने देखिएको अन्नपूर्ण अप्टिकल आँखा उपचार केन्द्रले जनाएको छ । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा अध्यक्ष हिक्मत बहादुर सिंहले आँखा जाँच तथा उपचारमा सहयोग गर्ने अन्नपूर्ण अप्टिकल र जनस्वास्थ्य कार्यालय डडेल्धुरालाई धन्यवाद व्यक्त गर्नुभएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ रहेको बताउदै शाखाले पत्रकारहरुको क्षमता अभिवृद्धि संगै नविनतम अवसरको खोजी गर्ने बताउनुभयो । पत्रकार समाजको अभिन्न अंग भएकाले समाचारको माध्यमबाट सत्यतथ्य कुरा बाहिर ल्याउनु पत्रकारको दायित्व भएको उहाँले बताउनुभयो ।
कार्यक्रमको उद्ध्घाटन नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिती कोषाध्यक्ष राम धामीद्धारा गरिएको थियो । महासंघको पहलमा निःशुल्क रुपमा आखाँ उपचार गर्नु सराहनीय काम रहेको कोषाध्यक्ष धामीले बताउनुभयो । शाखाले नविनतम काम गर्दै अगाडी बढ्न उत्प्रेरित गर्दै उहाँले प्रस स्वतन्त्रताको पुर्ण ग्यारेन्टीका लागी सरकारले सञ्चार सम्बन्धि कानुन निर्माण गर्नु आग्रह गर्नुभयो ।
आँखा जाँच तथा उपचारका लागी अन्नपूर्ण अप्टिकल आँखा उपचार केन्द्र डडेल्धुराको निःशुल्क सहयोग गरेको थियो ।