कैलालीमा कार्यरत इन्स्पेक्टर खड्कामाथि दुर्व्यवहारको आरोप

dream cafe
learnar

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक दर्शन खड्कामाथि महिला पत्रकारलाई दुर्व्यवहार गरेको आरोप लागेको छ।

आइतबार धनगढी–८ स्थित धनगढी सभा गृहको उद्घाटन कार्यक्रमको समाचार सङ्कलन गर्न पत्रकार आरजु हमाल पुगेकी थिइन्।

GBL NEW

सो सभा गृहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

सोही क्रममा समाचार संकलन गर्न पुगेकी पत्रकार हमालमाथि इन्स्पेक्टर खड्कासहितका प्रहरीले दुर्व्यवहार गरेको आरोप लागेको हो।

पत्रकार हमालले प्रधानमन्त्री सहभागी भएका बेला फेसबुक लाइभ गरिरहेकी थिइन्।

भिडियोमा देखिए अनुसार इन्स्पेक्टर खड्का सहितका प्रहरीले हमाललाई अलि टाढा जान आग्रह गरिरहेका छन्।

तर उनी प्रधानमन्त्रीको नजिक जान खोजेपछि इन्स्पेक्टरले धकेलेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ।

प्रहरी र पत्रकार हमालबीच बोलाबोल भएको पनि सुन्न सकिन्छ।

सोही विषयलाई लिएर पत्रकार हमालले छानविनका लागि राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग, नेपाल पत्रकार महासंघ र इन्सेक गुहारेकी छन्।

उनले कैलाली प्रहरीले आफूलाई पक्राउ गर्ने तयारीसमेत गरेको उजुरी पत्रमा उल्लेख गरेकी छन्।

तर प्रहरीले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

इन्स्पेक्टर खड्का कैलाली प्रहरीका मुद्दा शाखा इन्चार्जसमेत हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.