शीर्ष सहकारीमा चोरी आरोप : अध्यक्ष र प्रबन्धकसहित ५ जना पक्राउ

dream cafe
learnar

डडेल्धुरा:  शीर्ष सहकारीको रकम चोरेको आरोपमा डडेल्धुरा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्ट लगाएत सहकारीसँग सम्बन्धित व्यक्ति रहेका छन्।

Amargadhi Education

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उपेन्द्र बमले अध्यक्ष र प्रबन्धकसहित पाँच जनालाई पक्राउ गरेर सदरमुकाम ल्याइरहेको बताए।

उनले पक्राउ परेका व्यक्तिहरूसँग अनुसन्धान अगाडि बढाएर थप कारबाही गरिने बताए।

अजयमेरु फाैजी केरा

गत चैत २३ गते जिल्लाको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिका–४, कटालमा रहेको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको थियो।

चैत २३ गते शुक्रबार बेलुकी बन्द गरिएको सहकारी संस्थाबाट रकम चोरी भएको कुरा भोलिपल्ट बिहान मात्रै थाहा भएको थियो।

कार्यालय पछाडिको ढोका खुलेको र नगद राखेको लकर फुटाई उक्त रकम चोरी भएको थियो।

सीसीटीभी फुटेजबाट भिडियो सार्वजनिक भए पनि प्रहरीले हुलिया ठम्याउन सकेको थिएन।

२०६६ सालमा स्थापना भएको सहकारीले वर्षमा करिब १२ करोडसम्मको कारोबार गर्दै आइरहेको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.