बैतडीमा बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

dream cafe
learnar

बैतडी : बैतडीमा बालिकामाथि बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको शिवनाथ गाउँपालिकाकी १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय पुरुष पक्राउ हुन्।

GBL NEW

गत पुसमा बालिकामाथि बलात्कार गरेको जाहेरीको आधारमा ती पुरुषलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले बताए। पक्राउ परेकामाथि अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु भइसकेको बडूले बताए।

यस्तै मेलौली नगरपालिकामा पनि १६ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय पुरुषलाई पनि पक्राउ गरिएको छ।

ती पुरुषले बालिकामाथि २०८० असार र कात्तिकमा जबरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ।

अदालतबाट म्याद थपका लागि जिल्ला ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक बडूले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.