कैलालीमा जीप दुर्घटना : डोटीका बोगटीको मृत्यु

dream cafe
learnar

कैलाली: कैलालीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।

जीप चालक डोटीको सायल गाउँपालिका– ४ भाङयारे बस्ने २२ वर्षीय शंकर बोगटीको मृत्यु भएको हो।

Amargadhi Education

दुर्घटनामा गम्भीर घाइते भएका बोगटीको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

अजयमेरु फाैजी केरा

प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले दिएको जानकारीअनुसार चुरे गाउँपालिका–५ निङलाडीस्थित भीमदत्त राजमार्गमा शनिबार राति डोटीको दीपायलबाट धनगढीतर्फ आउँदै गरेको सु।प।प्र।०१–००१ ज १५२२ नम्बरको जिप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो।

यस्तै जीपमा सवार अन्य तीन जना घाइते भएका छन्।

डोटीको दीपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खड्का, सोही ठाउँका २१ वर्षीय सुरेश खड्का र सायल गाउँपालिका–६ बस्ने १६ वर्षीया कविता साउद घाइते भएका हुन्।

उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.