डडेल्धुराको शैलेश्वरधाममा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ लाग्दै

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-७/८  र नवदुर्गा गाउँपालिका-१ स्थित दोभानमा (शल्यनदी) अवस्थित शैलेश्वरधाममा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आयोजना गरिने भएको छ।

आज (शनिबार) मूल आयोजक समितिले पत्रकार सम्मेलन गर्दै चैत्र २० गतेदेखि महायज्ञ सुरु हुने जानकारी दिएको हो।

Amargadhi Education

विश्वशान्ति र देशशान्तिको कामना गर्दै शैलेश्वर महादेवमा आयोजना गरिन लागेको महायज्ञको व्यवस्थापनका लागि १२८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको मूल आयोजक समितिका अध्यक्ष तथा अमरगढी–७ का वडाध्यक्ष खडकबहादुर बोहराले जानकारी दिए।

उनका अनुसार  महायज्ञ चैत्र २० गतेदेखि ३० गतेसम्म लाग्नेछ।

अजयमेरु फाैजी केरा

आयोजकका अनुसार २० गते शैलेश्वर अतिरुद्र विश्वकल्याण महायज्ञको शोभायात्रा शैलेश्वरबाट खनमडा भराण हुँदै उग्रतारा मन्दिर र पोखरा बजार ऐरीगाउँ पुसनो भडार र सल्लागाउँ भराणबाट बाजागाजासहित मन्दिर परिसरमा भराण देउघर हुँदै दिप प्रज्वलन वैदिक मन्त्रबाट समुद्घाटन हुनेछ।

महायज्ञका प्रमुख ब्राह्मण जयप्रसाद जोशीले ५१ जना ब्राह्मणहरूले ११ दिनसम्म निरन्तर पूजा–आराधना गर्ने जानकारी दिए।

उनले महायज्ञमा १ हजार ८ कलश राखिने बताए। अर्थ संकलन समितिका संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष नरबहादुर साँकीले महायज्ञमा ६०/७० लाख खर्च हुने अनुमान रहेको बताए।

उनले एक करोड हाराहारी आर्थिक संकलनको लक्ष्य रहेको समेत जानकारी दिए।

धार्मिक तथा आध्यात्मिक महत्त्व बोकेको यस विराट महायज्ञले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.