भाइको हत्या गरि फरार बैतडीका कर्णबहादुरको प्रहरीलाई चुनाैती, सर्च अप्रेसन जारी

dream cafe
learnar

बैतडी : भाइको हत्या गरेर भागेका बैतडीकाे दोगडाकेदार गाउँपालिका–८ का ४० वर्षीय कर्णबहादुर विष्टलाई प्रहरी अझै नियन्त्रणमा लिन सकेको छैन्।

घटना भएको चारदिन बितिसक्दा पनि प्रहरीले उनलाई नियन्त्रणमा लिन नसकेको हो।

GBL NEW

गत शनिबार राती दोगडाकेदार गाउँपालिका–८ चौसिला बजारमा स्थानीय २३ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहार गरि हत्या भएको थियो।

विष्टको हत्यापछि कर्णबहादुर बन्दुकसहित फरार छन्। स्थानीयका अनुसार उनी घटनापछि जंगलतर्फ भागेका थिए।

घटनाको तीन दिनसम्म घटनास्थल नजिकैको जंगल केन्द्रीत भएर खोजी गरेको प्रहरीले कर्णबहादुरलाई अझै भेटाउन सकेको छैन।

हत्या गरेर हतियारसहित कर्णबहादुर भागेपछि गाउँमा शोकसँगै त्रास पनि छ।

यसअघि पनि जंगली जनावरको शिकारमा संलग्न उनी वनजन्तु सम्बन्धि अपराधमा कारवाही प्रक्रिया पूरा गरेर कर्णबहादुर अदालतबाट छुटेका थिए।

बैतडी प्रहरीले प्राविधिक पाटोसमेत केलाएर कर्णबहादुरको खोजी गरिरहेको जनाएको छ।

कर्णबहादुरले मोबाइलमा तिन/चार वटा सीम प्रयोग गर्ने हुनाले लोकेशन ट्रयास गरेर खोजी गर्न कठिनाइ भइरहेको प्रहरी स्रो बताउँछ।

‘प्राप्त जानकारी अनुसार उनले दुई/तीनवटा सीम प्रयोग गर्ने रहेछन्। पुरानो सीम अहिले स्वीच अफ छ,’ एक प्रहरी अधिकारीले भने, ‘हामीलाई नयाँ नम्बरको सूचना आएको छ। त्यसको प्राविधिक पाटो हेरेर खोजीमा छौँ।’

प्रहरीलाई प्राप्त सूचना अनुसार उनले विभिन्न सेवा प्रदायक संस्थाका धेरै सीम कार्ड प्रयोग गरेका छन्।

पुरानो सीम घटनास्थल नजिकै ‘लोकेट’ भएपछि सोही नजिकैको जंगलमा केही दिन ठूलो संख्यामा प्रहरी परिचालन गरेर ‘सर्च अप्रेसन’ गरिएको थियो।

तर, उक्त सीम कार्ड हाल भने प्रयोगमा आएको छैन। जिल्ला प्रहरी कार्यालयले गोली प्रहार गरेर भरुवा बन्दुकसहित फरार रहेका कर्णबहारको खोजीमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।

भारत तथा जिल्ला बाहिर निस्किने नाकामा पनि निगरानी बढाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.