प्रधानमन्त्री कप क्रिकेट : बैतडी फाइनलमा, उपाधिका लागि कैलालीसँग खेल्ने

dream cafe
learnar

बैतडी : सचिन भट्ट चम्किदा बैतडी प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेको छ।

आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कञ्चनपुरलाई ४९ रनले हराउँदै बैतडी फाइनलमा सुरक्षित भयो।

Ird

बैतडीले दिएको १६० रनको लक्ष्य पछ्याएको कञ्चनपुर २४.१ ओभरमा ११० रनमा अलआउट भयो।

जसमा सुशील खड्काले ३७, राहुल चन्दले २२ र किरन ठगुन्नाले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

कञ्चनपुरको पारी ध्वस्त पार्ने क्रममा बैतडीका बलर सचिन भट्टले ह्याट्रिकसहित ७ विकेट हात पारे।

करिअरकै उत्कृष्ट बलिङ गरेका सचिनले ६ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ७ विकेट लिएका हुन्। सचिन म्यान अफ द म्याच पनि चुनिए।

HARDIK AGRo NEw

यस्तै हिक्मत महराले २ र भूपेन्द्र चन्दले १ विकेट झारे। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ४१ ओभरमा १५९ रनमै समेटियो।

उसका खडक बोहराले ४४, कप्तान वसन्त खत्रीले अविजित ३५, प्रदीप चन्द १९, सुनिल चन्द १२, हिक्मत महरा ११ र दीपक बोहराले १० रन हिर्काए।

बलिङतर्फ कञ्चनपुरका मिलन बोहराले ४, विकास आग्रीले ३, कप्तान हेमन्त धामीले २ र अरून ऐरीले १ विकेट पाए।

बैतडीले उपाधिका लागि भोलि कैलालीसँग खेल्नेछ। गत वर्षको फाइनलमा पनि यी दुबै टोली फाइनलमा भिडेका थिए। जसमा कैलाली च्याम्पियन भएको थियो।

गत संस्करणको हारको बदला लिने लक्ष्य बैतडीको हुनेछ भने निरन्तरताको पक्षमा कैलाली हुनेछ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टोलीको सहभागिता रहेको छ।

यो छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट सङ्घका मुख्य छनोटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.