डडेल्धुरा ।
वनको दिगो व्यवस्थापनका लागी सामुदायिक अधिकार, उद्यमशिलता र सशक्त संगठन समृद्धिको आधार भन्ने नाराका साथ सामुदायिक बन उपभोक्ता महासंघ डडेल्धुराको छैठौँ जिल्ला अधिवेशन विहिबार सम्पन्न भएको छ ।
महासंघका डडेल्धुरा अध्यक्ष अमर बहादुर भाटको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कमला बिष्ट प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा अध्यक्ष हिक्मत बहादुर सिह, डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत रणेन्द्र सिह विशिष्ठ अतिथी रहनु भएको थियो । डडेल्धुराका ७ वटा पालिका स्तरीय महासंघ बाट छनौट भएका जिल्ला प्रतिनिधि तथा पालिका महासंघका अध्यक्षहरु सहभागी भएको अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यक्रमका नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत बहादुर सिंहले सामुदायिक बन उपभोक्ता महासंघलाई आफुले आफ्नो पत्रकारिता जिवनको सुरुवातको दिनबाट चिनेको र विभिन्न आन्दोलनमा आफुसंगै हिनेकोले आगामी दिनमा पनि सक्रिय रुपमा हिन्नुपर्ने बताउनुभयो । वन उपभोक्ता र वन कार्यालय विचको समन्वय तथा वन संरक्षणमा सामुदायीक वन उपभोक्ता महासंघ सकारात्मक गतिविधि गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत रणेन्द्र सिंहले वन कार्यालय, उपभोक्ता तथा सामुदायिक बन उपभोक्ता महासंघ बिच निकट सम्बन्ध हुुनुपर्ने बताउनुभयो । सरकारको नितिहरुमा सामुदायिक वन उपभोक्ता महासंघ लाई केही टाढा राखिएको जस्तो देखिएको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदश्य कमला बिष्टले स्थानिय तह र सामुदायिक बन उपभोक्ता महासंघ प्रत्यक्ष रुपमा सरोकार राख्ने सरोकारवाला भएको भएता पनि पछिल्लो समय महासंघ र स्थानिय तह बिच चिनजान नभएको जस्तो देखिनु दुखद भएको बताउनुभयो । वन उपभोक्ताहरु काठ व्यवसायीको लहलहैमा लाग्दा अनावश्यक दुख पाएको बताउदै विगतको भित्रि मदेश साल काण्ड र त्यसबाट वन उपभोक्ता समुहका पदाधिकारीले पाएको दुख सुनाउदै आगामी दिनमा कानुन र कार्यविधि भित्र रहेर काम गर्न अनुरोध गर्नुभयो । अधिवेशनबाट अमर बहादुर भाटको अध्क्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।