प्रधानमन्त्रीलाई हिटलर हो ? भनेर प्रश्न सोध्ने पत्रकारको पास एक महिना रद्द

dream cafe
learnar

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो ? भनेर प्रश्न सोध्ने पत्रकारको संसद भवन प्रवेश पास एक महिनाको लागि निलम्बन गरिएको छ ।

सचिवालयको महासचिवस्तरीय निर्णयबाट सुनौलो नेपाल युट्युब च्यानलका प्रकाश ओली र युवा मन नेपाल च्यानलका किशोरकुमार श्रेष्ठको प्रवेश पास एक महिनाको लागि रद्द गरिएको हो।

अजयमेरु फाैजी केरा

‘एक महिनाको लागि उहाँहरूको पास निलम्बन गरिएको छ। उहाँहरूको पेशागत काम गर्न हामीले रोक लगाउन मिल्दैन त्यसपछि निर्णयअनुसार हुनेछ,’ संसद सचिवालयका प्रवक्ता एकराम गिरीले शिलापत्रसँग भने।

ती पत्रकारहरूलाई पास फिर्ता गर्न सचिवालयले बुधबारसम्मको समय दिएको छ।

४ फागुनमा संसद भवनबाट बाहिरिँदै गर्दा उनीहरूले प्रधानमन्त्रीलाई तानाशाह र हिटलर भनेका थिए।

त्यसबारेमा सत्तारूढ नेकपा एमाले का सांसद सूर्य थापाले ५ फागुनको संसद बैठकमा ध्यानाकर्षण गराएका थिए।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.