सशस्त्र प्रहरीले अर्डर गरेका खुकुरी कारखानाबाटै चोरी

dream cafe
learnar

काठमाडौं:  सशस्त्र प्रहरीले अर्डर गरेको खुकुरी स्वयम्भूस्थित कारखानाबाटै चोरी भएको छ।

नागार्जुन नगरपालिका–४ मा भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट १२० थान खुकुरी चोरी भएको हो।

अजयमेरु फाैजी केरा

चोरीमा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ घर भएका २७ वर्षीय राजकुमार तामाङ, रौतहट घर भएका ३३ वर्षीय शेख जफ्रे आलम र २३ वर्षीय लाल मोहम्मद देवान छन्।

ललितपुरको सानेपास्थित आरोपीहरूको डेराबाट ४५ थान खुकुरी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले  बताए।

उनीहरूको डेराबाट महँगो मूल्य पर्ने ३ थान साइकल पनि प्रहरीले बरामद गरेको छ। चोरी मुद्दा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त स्वयम्भूले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.