बिमल जैरु /डडेल्धुरा : मानव एकता दिवसको अवसर पारी संन्त निरंकारी मन्डल डडेल्धुराले रक्तदान गरेको छ ।
रगत नालीमा हैन नाडीमा बगाउनु पर्छ भन्ने मुल नाराका साथ संन्त निरंकारी मन्डल डडेल्धुराले रक्तदान गरेको हो ।
डडेल्धुरा संन्त निरंकारी मन्डल शाखा डडेल्धुराले रक्तदान गरेको छ । रगत नालीमा हैन नाडीमा बगाउनु पर्छ भन्दै निरंकारी बाबा हरदेव सि.जि महाराजको पवित्र भनाईलाई उद्गार गर्दै डडेल्धुरा जिल्लामा रहेका सँंन्त परिवार हरुले रक्तदान गरेका छन । निरंकारी मन्डल डडेल्धुराको आयोजनामा गरिएको रक्तदान कार्यक्रंम नेपाल रेडक्रस सोसाइटी डडेल्धुराको सहयोग रहेको थियो । मानव एकता दिवसको अवसर पारी संन्त निरंकारी मन्डल डडेल्धुरा शाखाका संन्त हरुले रक्तदान गरेका हुन ।
संन्त निरंकारी मन्डल डडेल्धुराले आयोजना गरेको रक्त दान कार्यक्रममा रगत नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखा ब्लड वैंकमा जम्मा भएको छ । पछिल्लो समयमा जिल्लामा रक्त दान गर्ने नागरिकहरुको संख्यामा वद्धी हुँदै गएको छ । सात पहाडी जिल्लाको मुख्य केन्द्रमा रहेको डडेल्धुरा अस्पतालमा आउने
बिमारी हरुलाई रगतको लागी कुनै समस्या नरहेको नेपाल रेडक्रस सोसाइटी शाखा डडेल्धुराका सभापती मदनराज चटोजले बताउनु भयो ।
रक्तदान जीवनदान भन्दै रगतको अभावमा बिरामीले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले संन्त निरंकारी मिसन डडेल्धुराले आवश्यक रगत परिपूर्ति गर्न महत्पूर्ण भूमिका निर्वाह गर्दे आएका छ ।