कार्यसम्पादन मूल्याङ्कनमा कुलमानलाई सरकारको शून्य अंक

dream cafe
learnar

काठमाडौं : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्य सम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएको छ।

आर्थिक वर्ष २०८०/८१ को कार्य सम्पादन मूल्यांकनका आधारमा घिसिङले शून्य नम्बर पाएका हुन्।

अजयमेरु फाैजी केरा

घिसिङले मन्त्रालयलाई ९८.९९ प्रतिशत अंक दाबी गरी विवरण पेस गरेका थिए।

घिसिङलाई किन शून्य अंक दिइएको हो भन्ने विषयमा उर्जा मन्त्रालयलका अधिकारीहरूले औपचारिक रूपमा कुनै जानकारी दिएका छैनन्।

यद्दपि घिसिङले भदौ मसान्तसम्ममा मूल्याङ्कनका लागि विवरण पेस गर्नुपर्नेमा ढिला गरेकोले उनलाई शून्य नम्बर दिइएको बताइएको छ।

पछिल्लाे समय सरकार र घिसिङबीच सम्बन्ध राम्राे छैन। घिसिङलाई हटाउन ऊर्जा मन्त्रालयले पटक–पटक स्पष्टीकरण सोधेको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.