प्रधानमन्त्री ओलीलाई सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधनका लागि निमन्त्रणा

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभामा विशेष सम्बोधनका लागि आग्रह गरेको छ।

प्रदेशको मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयले प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दै प्रदेश सभा बैठकमा विशेष सम्बोधनका लागि आग्रह गरेको हो।

Amargadhi Education

सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम २१५ मा प्रधानमन्त्रीबाट विशेष सम्बोधन गराउन सकिने व्यवस्था गरेकोले सोहीअनुसार प्रधानमन्त्री ओलीलाई त्यसका लागि प्रदेश सरकारले अनुरोध गरेको छ।

अजयमेरु फाैजी केरा

फागुन २५ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठक सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओलीलाई सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको हो।

संघीयता कार्यान्वयनका उपलब्धी, समसामयिक विकास नीति, प्रदेश सरकार र संघीय सरकारबीच सहकार्य तथा प्रदेशको आर्थिक, भौतिक र सामाजिक विकासमा मार्गदर्शन प्राप्त हुने प्रदेश सरकारले विश्वास लिएको छ।

विशेष सम्बोधनका विषयमा सत्तारुढ नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र सिंह रावलले प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसँग कुराकानी गरेका छन्।

उनले टेलिफोन सम्पर्कमा फागुन २५ गतेको प्रदेश सभा बैठकमा विशेष सम्बोधनका लागि आग्रह गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.