पीएसओ शक्तिशाली हुँदा रोकियो इन्सपेक्टर बढुवा

dream cafe
learnar

काठमाडौं : नेपाल प्रहरीमा प्रहरी निरीक्षकको बढुवा प्रक्रिया हुन सकेको छैन्।

जुनियर ब्याचका अधिकृतलाई बढुवा गर्न दबाब दिएपछि इन्सपेक्टरको बढुवा हुन नसकेको हो।

नेपाल प्रहरीमा हाल बढुवाबाट पुर्ति गर्नुपर्ने इन्सपेक्टरका ५१ पद रिक्त छन्। जसमा दुई सयभन्दा धेरै वरिष्ठ सईबीच प्रतिस्पर्धा छ।

कतिपय जुनियर ब्याचका वरिष्ठ सईहरु शक्तिशाली भएकाले आईजीपी बसन्तबहादुर कुँवरले बढुवा गर्न सकेका छैनन्।

उसो त कुँवरको कार्यकाल सकिन अब १७ दिन मात्र बाँकी छ।

त्यसैले पनि उनी बढुवा नै नगर्ने मुडमा रहेको बताइन्छ। इन्सपेक्टर बढुवामा २०५४ सालमै भर्ना भएका ६ जना वरिष्ठ सई छन्।

अजयमेरु फाैजी केरा

द्वन्द्वको समयमा जागिर छाडेकाले उनीहरु यसअघिदेखि नै बढुवामा छुट्दै आएका छन्। यसपटक पनि उनीहरुको सम्भावना न्यून छ।

बढुवाको मुख्य दाबेदार २०५८ सालमा असइबाट भर्ना भएको ११३ को टोली हो।

जून ब्याचबाट हाल ९७ जना सेवामा छन्। यही ब्याचबाट मात्र बढुवा गर्दा पनि ४६ जना छुट्ने अवस्था छ।

२०६० सालमा भर्ना भएको ब्याचको दबाबका कारण बढुवा हुन नसकेको स्रोत बताउँछ।

सो ब्याचका अधिकृतहरु हाल शक्तिशाली व्यक्तिका पिएसओ बसेका छन्।

काँग्रेस सभापति शेरबहादुर देउवाको सुरक्षा टोलीका कार्यरत रबिन शाह, परराष्ट्रमन्त्री आरजु देउवाकी पिएसओ रश्मी सिलवाल, गृहमन्त्री रमेश लेखकका पिएसओ रमेश पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईका पिएसओ सनम राई लगायत जसरी पनि बढुवा हुनुपर्ने सूचीमा छन्।

त्यस्तै, कांग्रेस नेता पूर्णबहादुर खड्का पिएसओ रोशन थापा, पूर्वप्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठका पिएसओ ईश्वर तन्डुकार लगायतले पनि शक्तिकेन्द्रबाट दबाब दिइरहेका छन्।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.