भारतीय ‘सार्प सुटर’ समात्न प्रहरीले हान्यो गोली, पटेल पक्राउ

dream cafe
learnar

काठमाडौँ : हत्या आरोपित भारतीय नागरिक गुड्डु पटेललाई प्रहरीले गोली हानेर काठमाडौंको गोठाटारबाट पक्राउ गरेको छ।

करिब डेढ वर्षअघि गोठाटारमै गोली प्रहारबाट हत्या गरिएका लाल मोहम्मद प्रकरणमा उनी मुख्य रुपमा संलग्न रहेको प्रहरीले जनाएको छ।

GBL NEW

मोहम्मद घटनामा ९ जना संलग्न थिए। पटेल ‘सार्प सुटर’ रहेको प्रहरीको भनाइ छ।

पटेललाई घुँडामुनि गोली हानी नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

उनको हाल अस्पतालमा उपचार भइरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.