अमरगढी कृषि बजारको कार्य प्रगति शून्य, मेयर भन्छन् : एक साताभित्र काम अघि बढ्छ

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिकाको कृषि बजार (हाट बजार)को कार्य प्रगति शून्य छ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, कैलाली अन्तर्गत चालु आर्थिक वर्षको साउन महिनामा योजना सम्झौता भई काम अगाडी बढाउनुपर्ने भएपनि अमरगढीको कृषि बजारको काम १० महिना बितिसक्दा पनि प्रगति शून्य रहेको हो।

Amargadhi Education

नगरपालिकाको गौरवको योजना अन्तरर्गत रहेको उक्त कृषि बजार अमरगढी नगरपालिका-५ बसपार्क  नजिक निर्माण हुने भनिएको छ।

निर्माणको जिम्मा पाएकाे नेशनल  मिनु जेभीका प्रतिनिधि पदम भण्डारी आफूले निर्माण कार्य गर्न भदौ महिनामा आवश्यक निर्माण सामग्री पुर्याइ सकेपनि नगरपालिकाले अहिलेसम्म निर्माण कार्य स्थल उपलब्ध नगराएका कारण समस्या आएको बताउँछन्।

उनी भन्छन्, ‘हार्डवयरका निर्माण सामग्रीमा खिया लाग्न थालिसक्यो। तर, नगरपालिकाले निर्माण कार्य अगाडि बढाउन कार्य स्थलनै दिन सकेको छैन्।’

कृषि बजार बन्ने स्थान

अमरगढीका नगरप्रमुख डिल्लीराज जोशी कृषि बजार (हाट बजार)  निर्माण गरिने स्थानमा अपि अस्पताल रहेको र केही कानुनी कुराले निर्माणको काम अघि बढ्न नसकेको बताउँछन्।

अजयमेरु फाैजी केरा

अबको एक साताभित्र कृषि बजार निर्माणको काम अघि बढ्ने उनले जिकिर गरे।

मेयर जोशीकाअनुसार संघीय शहरी तथा भवन निर्माण कार्यालयले योजना सम्झौता गरेपनि फिल्डमा विभिन्न कठिनाइ  हुने गरेकाले समयमै काम अघि नबढेकाे हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्याैपानेले चाँडो काम गर्न भनेर आफूले पहल गरिरहेको बताए। उनी गर्नुपर्ने कर्तव्य नगरपालिकाको भएको बताउँछन्।

आवश्यक सहजीकरणका लागि आफू तयार रहेको उनको भनाइ छ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीका इन्जिनियर झंक थापा कृषि बजारका लागि नगरपालिकाले जमिन उपलब्ध नगराउँदा समस्या भएको बताउँछन्।

उनले कृषि बजारसँगैका चालिसे-मौरडा सडक, जिप्रका-टुँडिखेल सडक र बागजारको कम्प्लेेक्सको काम अगाडी बढिसकेको बताए।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय अन्तर्गतकै डकले बसपार्क र अमरगढीको फोहोरमैला व्यवस्थापनको कार्य प्रगति पनि शून्य छ।

मेयर जोशी डकले बसपार्कको सन्दर्भमा बसपार्क निर्माण हुने स्थलमा रूख विरुवा भएकाले वन डिभिजनसँगको समन्वयमा आवश्यक कानुनी प्रावधानहरू पूरा गरेेर मात्रै  बसपार्क निर्माणको काम अगाडी बढाइने बताउँछन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.