डडेल्धुरामा किशोरीमाथि करणी, बच्चा जन्माएपछि घटना बाहिरियो

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ५८ वर्षीय एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका–७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरा रहेका छन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा स्रोतका अनुसार शनिबार दिउँसो बोहरालाई पक्राउ गरिएको हो।

बालिकाले बच्चालाई जन्म दिएपछि पीडितका दाइले फागुन १७ गते प्रहरीमा जाहेरी दिएका थिए।

घटना ८/९ महिना अगाडिको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.