‘राम्रो काम गर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिरहने स्वार्थी नेतालाई सजाय दिनुपर्छ’

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा वैज्ञानिक महावीर पुनले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्नुको सट्टा दुःख दिने नियतले स्पष्टीकरण सोधिरहने राजनीतिक नेतृत्वलाई कारबाही गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टमार्फत पुनले सुझाव दिँदै लेखेका छन्, ‘केही गल्ती नगरीकन अति राम्रो काम गर्ने कर्मचारीहरूलाई स्पष्टीकरण सोधिरहने स्वार्थी नेताहरूलाई जनताले बेस्सरी सजाय दिनुपर्छ। अन्जानमा र कसैको बहकाउमा लागेर नेताहरूले त्यस्तो काम गर्नुभएको छ भने तुरुन्त सच्चिनुहोला।’

अजयमेरु फाैजी केरा

पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउने नियतका साथ पटकपटक स्पष्टीकरण सोधेर निरुत्साहित गरिरहेको विषयलाई पुनले संकेत गरेका हुन्।

देशलाई लोडसेडिङमुक्त गरेका घिसिङलाई व्यक्तिगत रिसइबी साधेर प्रधानमन्त्री केपी ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पदबाट हटाउन गत साउनदेखि प्रयास गरिरहेका छन्।

घिसिङलाई हटाउने विषयमा सत्तासाझेदार नेपाली कांग्रेसले नै रुचि देखाएको छैन भने नागरिकस्तरबाट पनि घिसिङ हटाउने सरकारी प्रयासको विरोध भइरहेको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.