मौसम पूर्वानुमान महाशाखाले भन्यो : आइतवारदेखि मौसममा सुधार आउँछ

dream cafe
learnar

काठमाडौँ : तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हुस्सुका कारण हवाई यातायातसमेत प्रभावित भएको थियो।

Ird

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि हुस्सु हट्ने क्रम सुरु भएकामा हाल अधिकांश स्थानमा हटिसकेको जानकारी दिए।

HARDIK AGRo NEw

“हुस्सुको प्रभावले तराई भूभागको जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हामीले अनुरोधसमेत गरेका थियौँ”, उनले भने ।

उनले थपे, “हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ।”

दाहालले आइतवारदेखि मौसम क्रमिक रूपमा सुधार हुने उल्लेख गरे।

महाशाखाका अनुसार एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.