स्ववियु निर्वाचनमा मतदाता बोक्दै अमरगढी नगरपालिकाको गाडी

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा बहुमुखी क्याम्पसमा आईतबार भईरहेको स्ववियु निर्वाचनका क्रममा मतदाता ओर्सान अमरगढी नगरपालिकाको सवारी साधन दुरुपयोग गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको आगिंक क्याम्पसका रुपमा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले मतदाता ओर्सान सरकारी सवारी साधनको दुरुपयोग गरिरहेको भन्दै चुनावी प्रतिष्प्रर्धामा रहेका विद्यार्थी संगठनहरुले आपत्ती जनाएका छन । नगरप्रमुख र उपप्रमुखसहित नेपाली काँग्रेसको बहुमत रहेको अमरगढी नगरपालिकाको स्वामित्वमा रहेको से १ झ २३९ नम्बरप्लेटको बोलेरो जीप दुरुपयोगगर्दै मतदाता ओसारेको संयुक्त प्यानलबाट स्ववियु सभापतिका उम्मेदवार मदनबहादुर बोहराले जानकारी दिए ।

Ird
HARDIK AGRo NEw

चुनावी प्रतिष्प्रर्धामा रहेका विद्यार्थी संगठनहरु अनेरास्ववियु र अखिल क्रान्तीकारीले पनि नेपाल विद्यार्थी संघले सत्ताको दुरुपयोगगर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाताहरु प्रभावित पार्न खोजेको भन्दै आपत्ती जनाएका छन । जिल्ला प्रशासन कार्यालयले सो सम्बन्धमा विद्यार्थी नेताहरुबाट गुनासो आएकोले तत्काल अमरगढी नगरपालिकालाई सवारी साधनको दुरुपयोग रोक्न निर्देशन दिएको जनाएको छ ।

यस सम्बन्धमा अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यायले स्ववियु निर्वाचनका क्रममा नगरपालिकाका उपप्रमुख सवारी साधनमा चढेर क्याम्पस पुगेको र विद्यार्थीहरु बोक्ने काम नभएको जिकिर गरे । उनले उपप्रमुखले सवारी साधन प्रयोग गरेको विषयलाई अन्यथा भन्न नमिल्ने बताए ।

प्रतक्ष्यदर्शी विद्यार्थीहरुले भने नेवि संघका उम्मेदवारहरुले अमरगढी नगरपालिकाको सवारी साधन दुरुपयोग गरेर मतदाता ओसार्ने काम भएको बताएका छन । ‘एक पटक होइन, पटक पटक नगरपालिकाको सवारी साधनमा विद्यार्थीलाई बोकेर मतदानस्थलसम्म पुगाइएको छ,’ विद्यार्थी नेता करन साउँदले भने, ‘यसवाहेक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्ववियु निर्वाचन प्रभावित पार्न आचारसंहिताको धज्जी उडाउने काम भएको छ ।’

डडेल्धुरामा जसरी पनि नेपाल विद्यार्थी संघलाई विजयी गराउनु पर्ने भन्दै क्याम्पस प्रशासनले पनि मतदाता प्रभावित पार्न खोजिरहेको भन्दै विद्यार्थी नेताहरुले आक्रोश ब्यक्त गरेका छन । स्ववियु निर्वाचन प्रभावित तुल्याउन निर्वाचनको मिति घोषणा भएपछि विद्यार्थी भर्ना गरिएको आरोप छ ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.