बैतडीका मनकारी वडाध्यक्ष भाट, जसले वडाभरको विद्युत महसुल तिर्छन्

dream cafe
learnar

बैतडी : बैतडीको पाटन नगरपालिका–९ का वडाध्यक्ष कालुसिंह भाटले आफ्नो वडावासीका सबै विद्युत महसुल दुई वर्षदेखि तिर्दै आएका छन्।

उनले आफ्नो मासिक पारिश्रमिकबाट वडाका ३०० ग्राहकको विद्युत महसुल तिर्दै आइरहेका हुन्।

Bohora madico

वडाध्यक्षमा निर्वाचित भए  लगत्तै उनले वडाबासीको विद्यूत महसुल तिरिदिने घोषणा गरेका थिए।

HARDIK AGRo NEw

२०७९ साउनदेखी ०८१ पुष मसान्त सम्मको विद्युत महसुल तिरेको रसिद घर–घरमै पुर्याउने गरी टोल–टोलमा वितरण गरिरहेका छन्।

वडावासीलाई जानकारी दिन र प्रत्यक्ष भेटघाट गर्नका लागि उनी स्वयं प्रत्येक टोलमा पुगेर रसिद हस्तान्तरण गरिरहेका छन्।

आफ्नो कार्यकालभर वडावासीको विद्युत महसुल तिर्ने घोषणा अनुरूप इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गरिरहेको उनले बताए।

उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको बताए।

वडाध्यक्षले पारिश्रमिक नलिने र सो रकम वडावासीको विद्युत महशुलमा खर्च गर्ने निर्णय गरे अनुसार वितरण गरेकोमा नागरिक खुसी भएका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.